वीरगञ्जमा आज दिउँसोसम्मका लागि कर्फ्यु

काठमाडौं । पर्साको वीरगञ्जमा आज दिउँसोसम्मका लागि कर्फ्यु लगाइएको छ । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको बनेपछि प्रशासनले कर्फ्यु जारी गरेको हाे।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम शनिबार साँझ ६ः३० बजेदेखि आइतबार दिउँसो १२ः०० बजेसम्म कर्फ्यु लागू गरिएको हो ।

प्रशासनले अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूले आवश्यक कागजातसहित परिचय खुल्ने गरी मात्र आवतजावत गर्न पाउने स्पष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here