बजारमा पैसा धेरै भएपछि राष्ट्र बैंकले आज फेरि ३० अर्ब झिक्दै

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । निक्षेप संकलन औजारमार्फत राष्ट बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तीय सस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्र्नुपर्ने बैंक तथा वित्तीय संस्थालाई आह्वान गरिएको छ ।

अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here