तीनकुने घटनाबारे बाेले पूर्वराजा( भिडियाे सहित)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने क्षेत्रमा भएको घटनाबारे बाेलेका छन्।

नयाँ वर्ष २०८२ सालको शुभकामना दिदै आइतबार भिडिओ सन्देश मार्फत पूर्वराजा शाहले तीनकुने घटनाबारे आफ्नु धारणा राखेका हुन्।

चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पूर्वराजा शाहलाई जबाफदेही बनाउनुपर्ने भन्दै संसदीय समितिमा बोलाएर प्रश्न सोधिनुपर्ने कुरा उठेकाे थियाे।

उनले भनेका छन् ‘सालकाे अन्त्यतिर केही न केही नराम्रो घटना भइरहेका छन् यसैबीच केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लागेको छ,’ पूर्वराजा शाहले भनेका छन्।
तिनकुने घटनाबारे पुर्वराजाकाे भिडियाे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here