आज नयाँ वर्ष २०८२ , हर्सोल्लासका साथ मनाइदै

काठमाडौं । विक्रम संवत् २०८२ साल आजदेखि सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन आज नेपाल तथा नेपाल बाहिर रहेका नेपालीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

नयाँ वर्षमा मिस्ठान्न भोजन खाने, बाँडने, साँस्कृतिक उत्सव आयोजना गर्ने, परिवार तथा साथिभाई घुम्न जाने तथा जमघट भएर रमाइलो गरिन्छ। आजका दिन नयाँ योजना निर्माण संकल्पका साथै आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।

आज बिहानै स्नान गर्ने, पुजाआजा गर्ने, मन्दिर जाने गरिन्छ । नयाँ वर्षको पहिलो दिन दान धर्म तथा राम्रो कामकाे सुरुआत गरे वर्षभर राम्रो हुने जनविश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here