सुनको मूल्यले फेरि बनायाे नयाँ रेकर्ड

काठमाडौं । अघिल्लो दिन तोलामा १ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज फेरि उकालाे लागेको छ । आज सुनको भाउ तोलामा २ हजार ७ सय बढेको हो ।

यससँगै फेरि सुनको भाउमा नयाँ रेकर्ड बनेको छ । आज सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ मूल्य पुगेको छ । यसअघि सोमबार प्रतितोला १ लाख ८६ हजारको उच्चतम रेकर्ड थियो ।

आज चाँदी भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । प्रतितोला १ हजार ९५५ रुपैयाँ आजका लागि मूल्य ताेकिएकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here