काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार २६.४९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ ।
बिहिबार बजारसँगै कारोबार रकम पनि बढेको छ । आज १० अर्ब ७९ करोडको कारोबार भएको छ। अघिल्लो दिन ७ अर्ब २६ करोडको कारोबार भएको थियो । आज व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । व्यापार समुह ०.१५ प्रतिशत घटेकाे हाे।
त्यस्तै लगानी समूह सबैभन्दा धेरै २.९९ प्रतिशत बढेकाे छ। आज बैंकिङ १.१४, विकास बैंक १.३५, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३९, हाइड्रोपावर १.१३, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.९६, अन्य ०.३७ प्रतिशत बढेका छन् ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । एचआईडीसीएलको ६.८२, सुपरमादी हाइड्रोपावरको ६.६७, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८४ प्रतिशत मूल्य बढ्यो ।