लिङ्देनले सरकारलाई भने ‘प्रदर्शनबाट डराउन पर्दैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् । सामाजिक सञ्जालमा प्रदर्शनबाट नडराउन पनि सरकारलाई भनेका छन् ।

राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्दैछ । राप्रपाले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्ने निर्णय गरेको जानकारी दिएपछि सुरक्षा बढाइएकाे छ।

गृहमन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै निषेधित क्षेत्र तोड्न खोजे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।

‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं ।’लिङ्दनेले सामाजिक सञ्जालमा लेखेका छन्।

वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको भन्दै लिङ्दनेले जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’
भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here