राजेन्द्र लिङ्देन प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नियन्त्रणमा लिएको छ। उनलाई प्रहरीले सिहदरबारबाट नियन्त्रणमा लिएको हो ।

पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । तर उनीहरू बाहिर निस्किएर सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेकाेमा प्रहरीले पर्चा र पम्लेटहरू खोसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here