बैंकको वित्तीय विवरण कमजोर हुँदा घट्याे सेयर बजार

काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार आज घटेको छ । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६. ६८ अंककाे गिरावटपछि नेप्से २७०६ मा कायम भएको छ ।

आज बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण कमजोर देखिएपछि त्यसकाे असर सेयर बजारमा परेकाे हाे ।

त्यसाे त विभिन्न पक्षको आन्दोलनले पनि आइतबारको बजारलाई प्रभाव पारेकाे हाे । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार १० अर्ब ७९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ४३ करोडको भयो ।

५३ कम्पनीको मूल्य बढ्दा १९२ को घट्यो भने एउटाको स्थिर रह्यो । बैंकिङ, विकास बैंक, फाइनान्ससहित अधिकांश सेक्टर घटेका छन् । बैंकिङ ०.७०, विकास बैंक ०.७९, फाइनान्स १.२७, होटल तथा पर्यटन १.३६, हाइड्रोपावर १.२२, जीवन बीमा ०.८७, लगानी ०.०६, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.२२ र अन्य १.०३ प्रतिशत घटेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here