जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु , २ घाइते

काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ ।

पाथीभरा जाँदै गरेको बालेरो जिपमाथि फुङलिङ नगरपालिकाको तेर्छेमा बिजुलीको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको हाे ।

घटनामा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here