काठमाडौं । पाल्पामा यात्रुवाहक जिप दुर्घटनामा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ३ बैघाकी १७ वर्षीया एलिजा सारु रहेकि छिन् । आइतबार बेलुका तानसेनबाट भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली ४ को बेलडाँडा भन्ने स्थानमा ब्रेक फेल भई दुर्घटना भएको हो ।
ब्रेक फेल भएको गाडी सडकै पल्टिदा सारुकाे जिपले चेपेर ज्यान गएकाे हाे। दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

























