२७ सयभन्दा तल झर्याे नेप्से

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक ७.७५ अंक घटेको छ। आज नेप्से २७ सयभन्दा तल झरेको हो ।

सो अंकको गिरावटपछि नेप्से २६९८ अंकमा कायम भएको छ ।

आज कारोबार भने बधेकों छ। अघिल्लो दिन ८ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७७ करोडको भएकाे।

आज ११२ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने एउटाको स्थिर रह्यो । व्यापार सेक्टर सबैभन्दा धेरै घट्यो । बैंकिङ ०.८५, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.१५, व्यापार १.५२ र अन्य समूह १ प्रतिशत घटेका छन् ।

यता विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.०६, हाइड्रोपावर ०.७७, लगानी ०.१७, उत्पादन ०.०३ प्रतिशत बढेका छन्। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here