दानव नदिमा डुवेका २ बालककाे शव फेला

काठमाडौं । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका अन्य दुई जनाको पनि शव फेला परेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षे मुनु हरीजनको शव फेला परेको हो ।

उनिहरु सोमबार बेपत्ता भएका थिए । उनीहरुको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेको हो ।

सोमबार राति सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।

सोमबार पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका थिए । बेपत्तामध्ये १४ वर्षीय राज यादवको शव सोमबार फेला परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here