जम्मू–कश्मीरको पाहलगाममा भएको आतङ्कवादी हमलाकाे नेपाल सरकारद्वारा निन्दा

Paramedic carries a wounded tourist on a stretcher at a hospital in Anantnag after assailants indiscriminately fired at tourists visiting Pahalgam, Indian controlled Kashmir, Tuesday, April 22, 2025.(AP Photo/Dar Yasin)

काठमाडौं । भारतको जम्मू–कश्मीरको पाहलगाममा भएको आतङ्कवादी आक्रमणकाे राराष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै वक्तव्यमार्फत् निन्दा गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भारतको पहलगाममा भएको आतंकवादी हमलामा निर्दोष नागरिकहरूको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’

उनले निरअपराध मानिसहरूलाई लक्षित गर्दै गरिने यस्ता हिंसात्मक कार्यहरू अत्यन्तै निन्दनीय भएको भन्दै र भर्त्सना गरेका हुन्।यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आक्रमणको निन्दा गर्दै आतंकवाद विरुद्ध नेपाल भारतको साथमा रहेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना । नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ र आतंकवादका कुनै पनि र सबै कार्यहरूको कडा निन्दा गर्दछ ।’

सम्बन्धित समाचार
जम्मू–कश्मीर आक्रमण : अहिलेसम्म कम्तिमा २८ पर्यटकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here