प्रधानमन्त्री र ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसलाई भेटेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र कार्लोसबीच भेटघाट भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले विश्वकप विजेता फुटबलर कार्लोसलाई नेपाली ढाका टोपी लगाइदिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here