शेयर बजार सुधारतर्फ, नेप्से साढे २ अंकले बढ्दा साढे १६ करोडको कारोबार

काठमाडौं, ५ कात्तिक । सोमवार स्थिर रहेको शेयर बजारमा मंगलवार केही सुधार देखिएको छ । मंगलवार नेप्से परिसूचक २.४० अंकले बढेर १ हजार १ सय ३४.७९ अंकमा पुगेको छ ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सूचक सेन्सेटिभ इन्डेक्समा पनि केही सुधार देखिएको छ । मंगलवार सेन्सेटिभ इन्डेक्स ०.५० अंकले बढेर २ सय ४८.४९अंकमा पुगेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशत बढी हो ।

मंगलवार १ सय ५५ कम्पनीको ६ लाख ४५ हजार ४ सय ५३ कित्ता शेयर किनबेच हुँदा १६ करोड ५२ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

कारोबारमा आएका मध्ये मंगलवार बैकिंङ्ग, विकास बैंक, जलविद्युत, उत्पादन क्षेत्र, लघुवित्त र जीवन बिमा कम्पनीको सूचक बढ्यो भने होटल, फाइनान्स, निर्जीवन बिमा, अन्य र सामुहीक लगानी कोषको सूचक घट्यो ।

मंगलवार सबैभन्दा धेरै लक्ष्मी इक्वीटी फन्डका शेयर धनीले कमाए । लक्ष्मी इक्वीटीको शेयर मूल्य ५.३० प्रतिशत बढ्यो । त्यस्तै हिमालयन डिस्टीलरी लिमीटेडको ३.९९ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एभरेष्ट बैंकका शेयर धनी रहेका छन् । एभरेष्टको शेयर मूल्य ४.९६ प्रतिशत घट्यो । त्यस्तै रिलायन्स फाइनान्सको ४.४२ प्रतिशत बढ्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबरा गर्नेमा नबील बैंक रहेको छ । बैंकले १ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here