मानिसमा दैनिक दिनचर्याको असर,८४ प्रतिशतको स्वास्थ्य बिग्रदै

काठमाडौं । दैनिक दिनचर्याको असर आम मानिसमा पर्दै गएको छ । एक सर्वेले देखाए अनुसार नजानिँदो गरी बिस्तारै मानसिक चिन्ताको सिकार पर्दै जाँदा ८४ प्रतिशत मानिसको स्वास्थ्यमा असर पर्दै गएको छ ।

हाम्रो दिनचर्या,प्रगतिहरुमा विकाससँगै आफूलाई अपडेट गर्न नसक्दा हुन नसक्दा मानिस चिन्तावाट ग्रस्त हुन पुगेको देखाईएको छ ।

भारतको मणिपालसिग्राको एक सर्वेका अनुसार कुनैपनि काम गर्दै आएका मानिसहरु मध्ये ८४ प्रतिशत मानिस काम, स्वास्थ्य र पैसासंग जोडिएको विषयको कारण चिन्तीत छन् ।

यो सर्वेका अनुसार कामको कारण हुने चिन्ता सबैभन्दा ठूला समस्या बन्दै छ । ३५—४९ वर्ष उमेर समुहका ८९ प्रतिशत मानिसहरु चिन्ताको सिकार बन्दै छन् ।

यो समस्याको कारण यूवाहरु सबैभन्दा धेरै ग्रसित छन् । ८७ प्रतिशत यूवाहरु यस्ता समस्याको कारण प्रभावित बन्दै गरेको तथ्यांक सर्वेले देखाएको छ ।

सर्वेमा भनिएको छ ‘यी यूवाहरु नै भोलिका दिनमा देशको उच्च पदमा बस्छन् । उनीहरु अहिलेबाट नै यति धेरै चिन्ताको सिकार बनेका छन् भने भविष्यमा उनीहरुबाट राज्य वा पुरा विश्वले नै कस्तो आशा गर्ने ।’

काम नगर्ने मानिसहरु पनि छन् चिन्ताको सिकार

सर्वेका अनुसार काम नगर्ने ८४ प्रतिशत मानिसहर पनि मानसिक दबाबको सिकार छन् । उनीहरुमा भविष्यप्रतिको चिन्ता, परिवारको स्वास्थ्य, आफ्नो स्वास्थ्य र वित्तीय समस्या जस्ता विषयहरु बढ्दै गईरहेको सर्वेले बताएको छ ।

महिला भन्दा पुरुष धेरै तनावमा

पुरुष महिलामा भन्दा धेरै यस्ता समस्याबाट ग्रसित रहेको तथ्यांक सर्वेले सार्वजनिक गरेको छ । महिला र पुरुषमा १० प्रतिशतको फरक रहेको छ ।

८४ प्रतिशत पुरुष यस्तो समस्याबाट ग्रसित छन् भने ७४ प्रतिशत महिला मात्रै यस्तो समस्याबाट ग्रसित छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here