काठमाडौं । कश्मिरको पहलगाममा हमला गर्ने आतकंकारीलाई कडाभन्दा कडा सजाय मिल्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।
एक सार्वजनिक कार्यक्रममा मोदीले आतकंकारीलाई सजाय दिएर छाेड्ने बताएका हुन्।
उनले भने ‘आतकंकारीले कल्पना भन्दा धेरै सजाय मिल्छ। ’
उनले सिंगो देश नै एउटै आक्रोश र दुःखमा रहेको बताएका छन् ।‘यो हमला पर्यटकमाथि मात्रै भएको होइन । देशकै दुष्मनले भारतको आत्मामाथि हमला गर्ने दुस्साहस गरेका छन्’माेदिले भने।
सरकारले घाइते परिवारको उपचारका लागि सबै प्रयास गरिरहेकाे जानकारी उनले दिए ।