चिकित्सकहरुलाई रास्वपाकाे समर्थन , माग पूरा गर्न सरकारलाई गर्याे आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आवासीय चिकित्सकहरूको माग पूरा गर्न माग गरेको छ ।

रास्वपाकी केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीले एक विज्ञप्ति निकालेर आवासीय चिकित्सकका मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै तिनलाई पूरा गर्न माग गरेकी हुन् ।

विज्ञप्तिमा चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गरी समय सापेक्ष र सामाजिक न्यायको सिद्धान्तको समेत सम्मान गर्दै आवासीय चिकित्सकहरूको माग अबिलम्ब पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई जिम्मेवार हुन जोडदार माग गरिएको छ ।

विगत लामो समयदेखि सम्मानजनक निर्वाह भत्ता र न्यायोचित ड्युटी आवरको माग गरी आन्दोलनरत रहेको स्थितिले आम नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार समेत प्रभावित भएको स्थिति र यसप्रति राज्यले देखाएको उदासिनताप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’विज्ञप्तिमा उल्लेख छ।

आवासीय चिकित्सकहरुले सरकारी सरह भत्तालगायतका माग राख्दै आन्दोलन गरिरह्काछा्। साथै चिकित्सा शिक्षा आयोगले सरकारी सरह भत्ता दिन निजी मेडिकल कलेजहरुलाई निर्देशन दिँदा पनि कार्यान्वयन नभएको भन्दै आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here