नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बाेलाए

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।
शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका छन् ।
शिक्षामन्त्री रघुजी पन्तले जारी गरेको विज्ञप्तिमा विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानूनी बन्दोवस्त रहेकाे उल्लेख छ। त्यस्तै विज्ञप्तिमा भनिएकाे छ शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछ,’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here