सामान्य बढ्यो सुनको भाउ,यस्तो छ आजको मूल्य

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य सामान्य उकालो लागेको छ । शुक्रबार प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज बढ्दै प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँ पुगेको हो ।

आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले उकालो लागेको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदीको मूल्य आज प्रतितोला १९ सय ९० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here