‘भाटभटेनी लुटपाटमा सहमहामन्त्रीको छोरा संलग्न रहेको’ आरोपप्रति कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले गत चैत १५ गते काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीको लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको आरोपप्रति आपत्ति जनाएको छ ।

वैशाख १२ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले सत्तारुढ दलका सहमहामन्त्रीका छोरा समेत संलग्न रहेको र पक्राउ परेको आरोप लगाएका थिए ।

आइतबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले आपत्ति जनाएका हुन् । उनले भने ‘राप्रपाका अध्यक्षज्युले चैत १५ को घटनामा भाटभटेनीमा जो लुटपाट भयो । त्यो लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको प्रमाण छ । भिडियो फुटेज छ । पक्राउ गरियो र छोडियो भन्नुभयो, ‘कुन चाहीँ सहमहामन्त्रीको छोराले रक्सीको बोतल बोकेको हो त्यो भन्नुपर्छ । होइन भने क्षमा याचना गर्नुपर्छ र उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here