काठमाडौं । ललितपुरको बाँडेगाउँमास्थित सुधार गृहमा राखिएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ । सिन्धुपाल्चोक स्थायी घर भएका दावा घिसिङको मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको हो । उनको शनिबार राति अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
परिवारले उनको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीलाई खबर गरेपछि ललितपुर प्रहरीको टोली अनुसन्धानमा खटिएको थियो । राति मोटरसाइकलमा नमस्ते अस्पताल लैजाने दुई जना र सुधार गृहका एक सञ्चालक गरी ३ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुबारे सोधपुछ भइरहेको बताइएको छ ।

























