काठमाडौं । शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपा एकीकृत समाजवादीका नेताहरूलाई फर्काइएका छन्।
सोमबार नयाँ बानेश्वरमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू पुगेका थिए ।
आन्दोलनरत शिक्षकहरूले आफूहरूको आन्दोलनमा सहभागी नहुन भन्दै नाराबाजी गरेपछि उनिहरु फर्किएका हुन्।
शिक्षकहरुले यहाँ आउन पर्दैन भन्दै नाराबाजी गरेलगत्तै, उनीहरू प्रदर्शनस्थलबाट बाहिरिएका थिए ।