काठमाडौं । सार्वजनिक लेखा समिति अन्तर्गतको संसदीय उपसमिति पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट २ अर्ब २२ करोड असुल गर्न सिफारिस गरेको छ ।
साेमबार लेखा समिति अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष तथा सांसद् राजेन्द्र लिङदेन संयोजकत्वमा गठित संसदीय उपसमितिले प्रतिवेदन मूल समितिलाई बुझाएको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियममता भएको भन्दै लेखा समितिमा उजुरी परेकाे थियाे। उजुरी परेपछि समितिले उपसमित बनाएर अध्ययन गरेको थियो ।
सोमबार संयोजक लिङ्देनले मूल समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएको अध्ययन प्रतिवेदनमा तत्काल २ अर्ब २२ करोड असुल गर्न सिफारिस गरिएको छ।
मुल सम्झौताको प्रावधानविपरीत कर छुट दिएर आर्थिक अनियमितता गर्ने मनसायबाट नयाँ कार्यान्वयन सम्झौता गरी पटकपटक नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयले मास्टर लिस्ट (Master List) का आधारमा २ अर्ब २२ करोड ४० लाख आर्थिक अनियमितता गरेको देखिएको’ प्रतिवेदनमा उल्लेख छ ।