अरुण नदीमा जिप खस्याे

काठमाडौं । खाँदबारीबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४१०३ नम्बरको जिप अरुण नदीमा खसेको छ । धर्मदेवी नगरपालिका–८ सुर्तीबारीबाट अरुण नदीमा खसेको हो ।

पैदल यात्री चैनपुर नगरपालिका–११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डेलाई ठक्कर दिएपछि जिप अनियन्त्रित भएर सडकबाट नदीमा खसेको हाे ।

जिपमा खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४० वर्षीय जीवन राई र चालक मकालु गाउँपालिका–५ मांसिमाका २० वर्षीय किरण गुरुङ सवार थिए । उनिहरुले हाम फालेर ज्यान जाेगाएका छन्।

जिपको ठक्करबाट घाइते भएका र अरुण नदीबाट उद्दार गरिएकासहित तीनै जनाको तुम्लिङटारको मनकामना अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here