रुसी राष्ट्रपति पुटिनले गरे युद्धविराम घोषणा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकतर्फी युद्धविराम घोषणा गरेका छन् । उनले आगामी मे ८ गतेदेखि १० गतेसम्म अर्थात् वैशाख २५ गतेदेखि २७ गतेसम्म युद्धविराम घोषणा गरेकाे बीबीसीले जनाएको छ। पुटिनले दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० औं वर्षको अवसर पारेर तीनदिने युद्धविराम घोषणा गरेका हुन् ।

यसअघि पुटिनले इस्टर पर्वको अवसरमा पनि ३० घण्टे युद्धविराम घोषणा गरेका थिए । रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here