काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ। अब यो सहमतिलाई मन्त्रीपरिषद्ले अनुमोदन गर्ने भएको छ ।
सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् । सहमति अनुसार अब काठमाडौं केन्द्रित सडक आन्दोलन फिर्ता हुने भएको छ ।
सहमति अनुसार अब शिक्षकको उपचारमा सहुलियत हुने भएको छ । आजैबाट भर्ना र परीक्षाका काम सुचारु हुने भएका छन् । तोकिएको समयमा माग सम्बोधन नभए अझ कडा आन्दोलन हुने शिक्षक महासंघले जनाएको छ ।