१८ वैशाख, काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डको भौतिक प्रगति पछिल्लो ७५ महिनायताकै धेरै भएको पाइएको छ । आयोजनाले बिहीबार सार्वजनिक गरेको प्रगति विवरण अनुसार अप्रिल २०२५ मा आयोजना सुरु भएयताकै सर्वाधिक प्रगति भएको हो ।
यस महिनामा समग्र प्रगति ३.६३ प्रतिशत भएको छ । अहिले कुल सडकको ८२ प्रतिशत कालोपत्रे भइसकेको छ । अप्रिल २०२५ को अन्त्यसम्म कुल भौतिक प्रगति ६४ प्रतिशत पुगेको छ । यो आयोजनाको दाउन्नेमा अहिले रातीको समयमा यातायात रोकेर काम भइरहेको छ ।






















