निजी क्षेत्रलाई पनि खेलकुदमा समावेश गर्ने सरकारकाे घाेषणा

विजेता खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्ति

राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को दुवै सदनको बैठकलाई सम्बोधन काठमाडौँ, १ जेठ ःराष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा निजी क्षेत्रलाई पनि खेलकुदमा जोडिने किसिमको कार्यक्रमहरू समावेश गरेको छ ।

जसअनुसार संघ, प्रदेश तथा स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्ट्स स्कूल कार्यक्रम सञ्चालन गरिने बताइएको छ । त्यस्तै विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षण र खेलाडीको सहभागिता कार्यक्रमहरू सञ्चालन गरिनेछ । खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रुपान्तरण गरिने कुरा समावेश गरिएको छ । त्यस्तै अन्तराष्टय विजेता खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था पनि मिलाइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here