भारतको गोवामा एक मन्दिरमा भाग दौड, कम्तिमा ६ जना मारिए

काठमाडौं । भारतको गोवामा एक मन्दिरमा भएको भागदौडमा कम्तिमा ६ जना मारिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उत्तरी गोवास्थित शिरगाउँमा रहेको श्री लैराई देवी मन्दिरमा यो घटना भएको हो ।

६ जनाको ज्यान गएको र १५ जना घाइते भएको समाचारमा उल्लेख छ । गोवाका मुख्यमन्त्री प्रमोद सावंतले मापुसास्थित उत्तरी गोवा जिल्ला अस्पताल पुगेर घाइतेहरुसँग कुराकानी गरेका छन् ।

एक वरिष्ठ प्रहरीले बताए अनुसार घटना हुनु केही अगाडी श्री लैराई देवी मंदिरमा उत्सव आयोजना गरिएको थियो ।

सोही दौरान घटना भएको हो । उनका अनुसार गोवा, महाराष्ट्र र कर्नाटकबाट यहाँ हजारोैं श्रद्धालु मंदिर उत्सवमा सहभागी थिए । घटनाको कारणबारे अनुसन्धान जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here