काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन् ।
राष्ट्रिय सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले यस्ताे माग राखेका हुन्। सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्न सरकारले ढिलाई गरिरहेको आरोप समेत लगाएकाछन्।
गत १५ चैतमा तीनकुनेमा राजावादीहरुले प्रदर्शन गरेका थिए । हिंसात्मक भएको प्रदर्शनमा एक पत्रकार सहित दुई जनाको ज्यान गएको थियो ।



























