नागढुंगा–पिपलामोड सडक आजदेखि १० दिनसम्म दैनिक ४ घण्टा बन्द

फाइल फोटो

काठमाडौं । नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलामोड सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा आंशिक बन्द हुने भएको छ ।

सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जानकारी दिएकाे छ । जसअनुसार काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।

यसैगरी नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिनेछ ।

यधपी बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारीसाधन तथा दमकल भने आउजाउ गर्न पाउने छन् ।

अन्य यातायातका साधनहरुले सितापाइला–भीमढुंगा–रामकोट–धार्के सडकमार्ग, सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (बेत्रावती)–गल्छी सडकमार्ग प्रयोग गर्न सक्नेछन् ।

रोकिएका सवारी साधनहरुलाई बिहान ३ बजेपछि मात्रै गन्तव्यमा जान दिइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here