अमेरिकाबाहिर छायांकन भएका फिल्मलाई सय प्रतिशत कर लगाउने ट्रम्पका घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर छायांकन भएका फिल्मलाई एक सय प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले आइतबार यस्ताे घाेषणा गरेका हुन्। अमेरिकामा फिल्म उद्योग मर्दै गएको भन्दै हलिउडलाई ब्युँताउने उदेश्यसहित अमेरिकाबाहिर छायांकन भएका फिल्मलाई एक सय प्रतिशत कर लगाउने घोषणा गरेको

अरू राष्ट्रहरूले नियोजित रूपमा अमेरिकन फिल्म निर्माता र स्टुडिओहरूलाई विभिन्न प्रलोभन देखाएर अमेरिका बाहिर लागेको ट्रम्पको आरोप छ। यो अरू देशको योजनाबद्ध प्रयास भएको उनले बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘यसले हलिउड र अमेरिकाका अन्य धेरै क्षेत्र नराम्ररी प्रभावित भएका छन्। यो राष्ट्रिय सुरक्षाका लागि पनि खतरा हो,’। वाणिज्य विभाग र व्यापार प्रतिनिधिहरूलाई विदेशमा बनेर अमेरिका भित्रने सबै फिल्महरूलाई १० प्रतिशत कर लगाउन निर्देशन दिइसकेका छा्।

वाल्ट डिज्नी, नेटफ्लिक्स, युनिभर्सल पिक्चर्सहरूले बेलायत, क्यानडा र अस्ट्रेलिया लगायतका देशहरूमा फिल्म खिच्दै आएपछि
हलिउडमा पछिल्लो वर्ष फिल्म र टेलिभिजन उत्पादन लगभग ४० प्रतिशतले घटेको छ।