धनकुटामा बस दुर्घटना, तीन जनाको मृत्यु, ११ जना घाइते

काठमाडौं । धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएकाेमा २ को अवस्था गम्भीर छ ।

सोमबार दिउँसो धरानबाट यात्रु बोकेर भोजपुरका लागि छुटेको को१ख २१७७ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा सडकबाट करिब ५०मिटर तल खसेको थियो ।

दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका– ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६ का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here