गाडी बेपत्ता भएको क्षेत्रको अध्ययन गर्न पुग्याे खानी तथा भूगर्भ विभागको टोली

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सिमानामा पर्ने गैरीगाउँमा जमिन भासिएर गाडी बेपत्ता भएको क्षेत्रको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली पुगेका छन् ।

पाँच दिन अघि जमिन भासिएर गाडी बेपत्ता भएकोमा हालसम्म फेला पार्न नसकेपछी नारायण अधिकारीको नेतृत्वमा विभागको चार सदस्यीय टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो ।

टोलिले घटना स्थलको भू-बनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायत विषयमा अध्ययन गर्ने छ । गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here