मकालु हिमाल चढ्ने क्रममा अमेरिकी नागरिकको मृत्यु

काठमाडौं । मकालु हिमाल चढ्ने क्रममा एक अमेरिकी आरोहीको मृत्यु भएको छ। संखुवासभाको मकालु गाउँपालिकास्थित रहेको मकालु हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्जेन्डर पन्काओको मृत्यु भएको हो।

उनको आइतबार राति तेस्रो क्याम्प पूरा गरी आराम गरिरहेको अवस्थामा मृत्यु भएको हो ।

मृतक अमेरिकन नागरिक हिमालयन गाइड्स ट्रेकिङ कम्पनीमार्फत मकालु हिमाल आरोहणका लागि आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here