सीमामा थप कडाइ गरिने

काठमाडौं । गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको छ । बुधबार दिउँसो बसेकाे बैठकले भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सोही अनुसार तीनै तहका सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

गृहमन्त्री रमेश लेखक, नेपाल सेनाका प्रतिनिधि, प्रहरी प्रमुख दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, मन्त्रालयको सुरक्षा महाशाखाका प्रतिनिधि लगायत बसेर आवश्यक सुरक्षा रणनीति तय गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here