भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना,५ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते छन् ।

देहरादुनबाट हर्सिल भन्ने ठाउँ जाँदै गरेको हेलिकप्टर बिहिवार बिहान भागिरथी नदी नजिक पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।

हेलिकप्टरमा सात जना सवार थिए ।

दुर्घटनाको कारण खुलेको छैन । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाको अनुसन्धान गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

उत्तराखण्डमा केही दिनदेखि नै मौसम खराब भएकोले खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here