काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि आज फ़ेरि अर्को मुद्दा पनि थपिएको छ ।
मिश्रमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएकोमा आज पुनः आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइएको छ ।
गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका थिए । उक्त मुद्दा चलाइएको भन्दै मिश्रले बिहीबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिदा न्यायाधीशसमक्ष राज्यले पुनः आफूमाथि कालो टिका लगाइदिएको बताए ।
‘आज ४२ औं दिन राज्यले मेरो निधारमा फेरि तेस्रो कालो टिका लगाइदिएको छ । ४१ दिनसम्म राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरको टिका बोकेर हिँडेको थिएँ,’ मिश्रले न्यायाधीशसमक्ष भनेका छन्,।