पशुपति आर्यघाटमा जल्न छाडे शव

काठमाडौं ६ कात्तिक । पशुपति आर्यघाटमा शव जलाउनेहरु आन्दोलनमा उत्रिएका छन् ।

पशुपतिस्थित घाट सेवा केन्द्रका कर्मचारी आन्दोलनमा उत्रिएपछि बुधवार बिहानदेखि शव जनाउने काम ठप्प भएको छ ।

आफ्ना मागहरु पूरा नभएको भन्दै विहान देखि शव जलाउने लगायतका काम छाडेर उनीहरु आन्दोलनमा उत्रेका हुन ।

आफ्ना माग पूरा गराउन उनीहरुले सर्वसाधारणमा पर्न गएको असुविधा प्रति क्षमा माग्दै व्यानर टाँसेर काम ठप्प पारेका हुन् ।

उनिहरुले टाँसेको व्यानरमा अनिश्चितकालका लागि शव दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने लगायतका काम बन्द गरेको जनाईएको छ ।

शव जलाउनेहरुले आन्दोलन थालेपछि पशुपति आर्यघाटमा असहज परिस्थिति देखिएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल अनुसार असन्तुष्ट पक्षसँग वार्ता भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here