भारत र पाकिस्तानबीच वार्ता आज

. वार्ता दिउँसो १२ बजे गरिने भएको छ ।

काठमाडौं । भारत र पाकिस्तानकाबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ ।

गत अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि भारत र पाकिस्तानबीच चार दिनसम्म भीषण सैन्य युद्ध भएको थियो । दुई देशको सीमा क्षेत्रमा गोलीबारी भएको थियो ।

वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बीचको संवाद मार्फत संघर्षविराम लागू गरिएको थियो । दुबै देशका सेनाका अधिकारीहरूबीच दिउँसो १२ बजे वार्ता गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here