सुनको भाउ घट्ने क्रम आज पनि जारी

काठमाडौं । नेपाली बजारमा सुनको भाउ घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ ।

सोमबार प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यता, मंगलबार चाँदीको मूल्य भने बढेको छ।सोमबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँ पुगेको छ ।