इसराइलले गजाको अस्पतालमा हवाई आक्रमण गर्दा कम्तिमा २८ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।
मंगलबार साँझ दक्षिणी गजाको खान युनिसमा रहेको युरोपियन गजा अस्पतालमा इसराइलले हवाई आक्रमण गर्दा कम्तिमा पनि २८ जनाको मृत्यु भएको हाे। साे आक्रमणमा ४० जना भन्दा बढी घाइते भएको बताइएको छ।
बिबिसीले उल्लेख गरेकाे अनुसार अस्पताल परिसरमा ६ वटा बम खसेको हाे। अस्पताल परिसरमै बम खसेपछि ध्वस्त भएको संरचनामा धेरै मानिसहरू पुरिएका छन्।