सुनको भाउ बढ्यो, चाँदीको यथावत

काठमाडौं, ६ कात्तिक। मंगलवार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

मंगलवार ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा बुधवार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

बुधवार तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले बढेको छ ।

मंगलवार प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य बुधवार ७० हजार १ सय रुपैयाँ कायम भएको छ ।

बुधवार चाँदीको मूल्य भने यथावत नै रहेको छ । बुधवार चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here