परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

रासस
बिम्स्टेक महासचिव इन्द्रमणि पाण्डेले नेपालका परराष्ट्रमन्त्री डा आरजु राणासँग जलवायु परिवर्तन र क्षेत्रीय सहकार्यका विषयमा छलफल गरे।
मन्त्री डा राणाले बिम्स्टेकको उद्देश्यप्रति नेपालको प्रतिबद्धता व्यक्त गरे र किर्गीस्थानका दूतसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा कुराकानी गरे।

सगरमाथा संवादमा सहभागी हुन आएका अतिथिहरूले नेपालको विभिन्न क्षेत्रहरूमा सहकार्य र सम्बन्ध सुदृढ गर्ने अवसरहरूबारे चर्चा गरे।
३ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएका उनले आज यहाँ मन्त्री डा राणासँग ‘साइडलाइन’ भेट गरेका हुन् ।

त्यस अवसरमा बिम्स्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयबारे कुराकानी भएको थियो । मन्त्री डा राणाले बिम्स्टेकका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याइन् ।

यसैगरी मन्त्री डा राणासँग किर्गीस्थानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि आज शिष्टाचार भेटवार्ता गरे ।

सगरमाथा संवादका लागि नेपालमा रहनुभएकी निदाराले मन्त्री डा राणासँग आज होटल सोल्टीमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा मन्त्री डा राणाले उनलाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गरिन् ।

उक्त भेटमा किर्गीस्थान र नेपालको द्विपक्षीय सम्बन्धका साथै पर्यटन, कृषि, जलविद्युत्लगायत क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here