अमेरिकाको न्युयोर्कस्थित ब्रूकलिन पुलमा शनिबार बेलुका मेक्सिकन नौसेनाको पानी जहाज ठोक्किएको छ।
बेलुका ८:२६ बजे इस्ट नदीको पुलको तल्लो भागमा मेक्सिकन नौसेनाको जहाज ठोक्किएपछि जहाजमा सवार १९ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। तीमध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरू सबैलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।
जहाज ठाेक्किदा पुलमा भने क्षति नपुगेको बताइएकाे छ।
उक्त जहाज मेक्सिकोको नौसेना क्याडेटहरूको तालिमका लागि प्रयोग हुने प्रमुख जहाज रहेको भनिएको छ।






















