काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले मन्त्रीहरू संसद् बैठकमा भिडिओ गेम खेलेर बस्ने गरेको आरोप लगाएकी छिन् ।
प्रतिनिधि सभाको बैठकमा आइतबार शून्य समयमा उनले संसद् ढाँट्ने थलो र आत्मसम्मान धितो राख्ने ठाउ रहेको बताइन् । उनले भनिन् संसद्जतिको निरस ठाउँ अरु रहेनछ। ‘मन्त्रीहरू यहाँ उपस्थित हुनुहुन्छ, भिडिओ गेम खेल्नुहुन्छ, खासखुस गर्नुहुन्छ, उठेर हिँड्नुहुन्छ,’ उनले भनिन् ।
यहाँ बोलिँदो रहेछ, बोलेका कुराहरू सुनिँदो रहेनछ । यहाँ कुर्सीहरू खाली हुँदा रहेछन्,’ सांसद कार्कीले भनिन्, ‘सरकारले जहिले पनि जनतालाई सांसदहरूको मार्फतबाट ढाँट्दो रहेछ ।





















