विदेशीपन झल्कने नाम भएका विद्यालयले ३बर्षभित्र परिवर्तन गर्नुपर्ने

काठमाडौं । अब स्थानीय तहले आवासीय विद्यालय खोल्न पाउने नियमसहितकाे प्रस्ताव गरिएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले पेस गरेको विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा स्थानीय तहले आवासीय विद्यालय खोल्न सक्ने प्रावधान राखिएको हाे ।

‘स्थानीय तहले विद्यालय स्थापना र सञ्चालन गर्दा स्थानीय आवश्यकताको विश्लषेण र स्रोतको सुनिश्चतता गरी आवासीय विद्यालय विद्यालयसमेत स्थापना र सञ्चालन गर्न सक्ने प्रतिवेदनमा भनिएको छ ।

यसैगरी विदेशी व्यक्ति, संस्था, स्थान वा विदेशीपन झल्कने गरी विद्यालयको नाम राअ्न नपाउने र राखिएको भए त्यस्ता नाम परिवर्तन पनि गर्नुपर्ने व्यवस्था राखेको छ ।

विद्यालयको नामकरण वा नाम परिवर्तन गर्दा नेपालको प्राकृतिक, सांस्कृतिक स्थान, व्यक्ति वा स्मारकको नाम झल्कने गरी राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।