पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन गृहकाे निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन् ।

सोमबार गृह मन्त्रालयमा बसेको बैठकमा उनले पहिरोबाट विस्थापितहरूलाई तत्काल त्रिपाल र खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका हुन् । साथै विस्थापितका लागि तत्काल हेलिकप्टरबाट राहत सामग्री र स्थलगत अध्ययनका लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिए ।

उनले तत्काल विस्थापितहरूलाई खाने-बस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न समेत निर्देशन दिए । राहत तथा स्थलगत अध्ययनका लागि कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न मातहतका निकायलाई उनले निर्देशन समेत दिए ।

त्यसैगरी मन्त्री लेखकले प्रि-मनसुन पूर्व नै विपद् प्रतिकार्यका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सात वटै प्रदेश र ७७ वटै जिल्लाका सुरक्षा समितिसँग छलफल गरी प्रि-मनसुन पूर्व नै तयारी थाल्न निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here